बाबुरामले मागे ओलीको राजीनामा: भने – “रोगले जीर्ण भएको शरीरलाई आराम दिनुस्”

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन्। प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्नेक्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका हुन्।

६०÷६५ वर्षमाथिका सबै नेताहरुले आराम गर्ने समय आइसकेको हुँदा र रोगले जीर्ण भएको शरीरलाई आराम दिन ओलीले राजिनामा दिनुपर्ने भट्टराईले बताए।

“तपाईं उचाईंमा पुगेर त्यहीँ रहनुस्, यस्ता अनावश्यक तनावमा नपर्नुस्। रोगले जीर्ण भएको शरीरलाई आराम गर्नुस्। प्रधानमन्त्री पदबाट राजीनमा दिनुस्। हामी ६०÷६५ वर्षमाथिकाले अब आराम गर्नु नै उचित हुन्छ।”,उनले भने। शिखरमा पुग्न सजिलो भएपनि शिखरमा अदिना गाह्रो पर्ने भएकाले ओलीले सोच्ने बेला आइसकेको उनले बताए।

“शिखरमा पुग्न सजिलो हुन्छ तर अडिर गाह्रो पर्छ। त्यसैले अब प्रधानमन्त्रीले सोच्ने बेला आएको छ। आशा छ, उहाँले सोचेर उचित निर्णय लिनुहुन्छ।”,उनले भने।

यस्तै भट्टराईले अध्यादेश मार्फत आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आक्रोश पनि पोखेका छन्। पार्टी फुटाउने जस्ता गम्भीर षड्यन्त्रमा लाग्नु सरकारको ठूलो भूल भएको उनले बताए। आफूहरु पीडित बनेको अवस्था उल्टै आफूहरु विरुद्ध मुद्दा लगाएको भन्दै उनले दुख पोखे।

उनले भने,”कुनै पनि पार्टी फुटाएर पार्टी बलियो हुन सक्दैन। हामी पीडित बनेको अवस्थामा उल्टै हामीमाथि नै मुद्दा लगाइयो। जो पीडित छ, त्यसैलाई मुद्दा लगाएपछि वाक्क दिक्क भएर पछि हट्ने अवस्था बनाउन खोजियो।”

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७१२:१३

मङ्गलबारदेखि शेयर बजार खुल्ने !