“सडकबन्दासम्म के सरकारलाई थाहा भएन? मातृभूमीको रक्षा सरकारले गर्नु पर्दैन?”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता डाक्टर भीम रावलले नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको प्रति नेपाल सरकारको धारण माग गरेका छन्।

रावलले सामाजिक संजाल ट्वीटर मार्फत भारतले नेपाली भूमि सडकबन्दासम्म सरकारलाई थाहा नभएको प्रति प्रश्न गर्दै रावलले यस बारे आधिकारिक धारणा माग गरेका हुन्।

“नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको भन्ने दुःखद खवर छ । नेपाल सरकारको धारणा के हो? यसरी सडकबन्दासम्म के सरकारलाई थाहा भएन? मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो भन्ने सबैले बुझेकै कुरा हो ।”,रावलले लेखेका छन्।

यस्तै रावलले लिम्पियाधुरा र लिपुलेक लगायत कालापानी क्षेत्रको भूभाग भारतले अवैधरूपमा आफ्नो नक्शामा राखेपछिसो क्षेत्रलाई नेपालको नक्शामा राख्नुका साथै भारतसरकासंग उच्च तहमा वार्ता गर्न गरिएको मागलाई सरकारले बेवास्ता गरेको पनि सोहि ट्वीटमा उल्लेख गरेका छन्।

“लिम्पियाधुरा र लिपुलेक लगायत कालापानी क्षेत्रको भूभाग भारतले अवैधरूपमा आफ्नो नक्शामा राखेपछि सो क्षेत्रलाई नेपालको नक्शामा राख्नुका साथै भारतसरकासंग उच्च तहमा वार्ता गर्न देशभक्त नेपालीहरूले नेपाल सरकारसंग माग गरेका थिए ।तर त्यो मागको वास्ता गरिएन ।नक्शा निकाल्ने होइन त्यो क्षेत्रबाट भारतीय सेना निकाल्न भनियो । अहिले नेपाली भूभागमा भारतले सडक पो बनाएछ! अब नेपाल सरकारको भनाई छ?”,ट्वीटरमा रावलले लेखेका छन्।

प्रकाशित : शनिबार, बैशाख २७, २०७७०२:१९

‘भारतले लखेटेपछि दशगजामै बास’