एजेन्सी – कोरोना भाइरसबाट मृत्यु हुनेको आँकडा ३० हजार पार गर्ने मुलुकको संख्या ३ पुगेको छ। इटालीमा पनि कोरोना भाइरस संक्रमणबाट ३० हजार भन्दा बढीको ज्यान गएकोपछि ३० हजारभन्दा बढी मानिसको मृत्यु हुने मुलुकको संख्या ३ पुगेको हो।
बितेको २४ घण्टामा २ सय ४३ जनाको ज्यान गएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ३० हजार २ सय १ पुगेको छ। इटालीमा अहिले सम्म २ लाख १७ हजार १ सय ८५ पुगेको छ। जस मध्ये ९९ हजार २३ जना निको भएर फर्किसकेका छन्।
सबै भन्दा धेरै ज्यान गुमाउने दोस्रो देशको रुपमा रहेको बेलायतमा अहिले सम्म संक्रमितको संख्या २ लाख ११ हजार ३ सय ६४ पुगेको छ। बितेको २४ घण्टामा त्यहाँ ४ हजार ६ सय ४९ संक्रमित थपिएका छन् भने ६ सय २६ जनाको ज्यान गएको छ। हाल सम्म त्यहाँ ३१ हजार २ सय ४१ जनाको ज्यान गइसकेको छ।
उता कोरोनाबाट सबै भन्दा बढी प्रभावित मुलुकको रुपमा रहेको अमेरिकामा अहिले सम्म संक्रमितको संख्या १३ लाख २१ हजार ७ सय ८५ पुगेको छ। बितेको २४ घण्टामा त्यहाँ २९ हजार १ सय ६२ नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ६ सय ८७ जनाको ज्यान गएको छ। अहिले सम्म त्यहाँ ७८ हजार ६ सय १५ जनाको ज्यान गइसकेको छ। अमेरिकामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २३ हजार ६०३ पुगेको छ।