दिवेश पोखरेललाई अमेरिकन आइडल बनाउन भोट माग्दै हजुरआमा, ब्यानर सहित सडकमा !

काठमाडौँ – अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा भोटिंग अभियान शुरु भएको छ।

अमेरिकन आइडलको टप टेन भित्र परेका दिवेश पोखरेललाई अमेरिकन आइडलको प्रतिष्पर्धामा अगाडी बढाउन भोट आवश्यक रहने हुँदा उनका शुभचिन्तकहरुले भोटिंग अभियान शुरु गरेका हुन्।

साथै पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन समेत भएको छ। शनिबार पोखरेलको समर्थनमा ब्यानर प्रदर्शन भएको हो। शनिबार दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा सहित स्थानीयहरुले कलंकी मन्दीर परिशरमा ब्यानर प्रदर्शन गरेका हुन्। नातीलाई अमेरिकन आइडलको प्रतिस्पर्धामा समर्थन जुटाउन ९३ वर्षीया उनकी हजुरामा काठमाडौंको सडकमा समर्थन र्यालीमा सहभागी भइन्।

आफ्नो प्रतिभाले विश्वभरका दर्शकको मन जितेका दिवेश आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धीको रुपमा रहेका छन्। शुरु देखिनै उनलाई विश्वभरका दर्शकले मन पराएका छन्।

नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको भन्दै प्रदर्शनमा सहभागी भएकाहरुले भोटिंग गरेर सहयोग गर्न सबैमा आग्रह गरे।

प्रकाशित : शनिबार, बैशाख २७, २०७७१३:०४

क्वारेन्टाइनमा जुम्ल्याहा जन्मिए !