विश्व चर्चित यी जादुगरको कोरोनाले लियो ज्यान, हात्ती र सिंह पार्थे गायब!

एजेन्सी, कोरोना भाइरसका कारण विश्वकै महान जादुगर रोय लुडविग हर्नको निधन भएको छ । ७५ वर्षीय हर्नको अमेरिका स्थित लस भेगासमा निधन भएको हो ।

रोय लुडविग हर्न जंगली जनावरलाई बेपत्ता पार्न-सक्ने कलाका कारण चर्चित थिए । उनीहरुको ‘सिगफ्राइड एन्ड हर्न’ नाम एक समुह रहेको छ । हर्नले आफ्नो  साथी सिगफ्राइड वासवाचरसँग मिलेर जादु  देखाउदै आइरहेका थिए ।

रोय लुडविग हर्नमा गत अप्रिलमा कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि अस्पतालमा भर्ना भएका उनको निधन भएको हो। १९४४ मा जर्मनीमा जन्मिएका हर्न र उनका सहकर्मी सिगफ्राइडले बाघ, सेतो सिंह, चितुवा र हात्तीसम्मलाई गायब गरेर आफ्नो कला देखाएका थिए ।

सिगफ्राइड र रोयले लस भेगासमा सेक्रेट गार्डेन एन्ड डल्फिन ह्याबिटेट नामक आश्रयस्थल खोलेका थिए । रोय जनावर संरक्षणमा देखाएको प्रतिवद्धताका कारण विश्व प्रसिद्ध भएका थिए । हर्नको सबैभन्दा सम्झिन लायक  प्रस्तुति ३ अक्टुबर २००३ मा भएको थियो । त्यस समय  एउटा सेतो बाघले उनलाई मञ्चबाटै  तानेर लगेको थियो ।

प्रकाशित : शनिबार, बैशाख २७, २०७७०८:२३

“भूमि मिचिएको सञ्चार माध्यमबाट थाहा पाउने कस्तो सरकार?, अब पनि जानकारी मागेर मात्रै बस्ने?”