काठमाडौँ – खगोलविद्हरू बृहस्पति ग्रहको एक उत्कृष्ट तस्विर खिच्न सफल भएका छन्। संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्प मार्फत खगोलविद्हरूले बृहस्पतिको उत्कृष्ट तस्विर खिचेका हुन्।
उक्त तस्विर पृथ्वीबाट लिइएको बृहस्पति ग्रहको सबै भन्दा स्पष्ट तस्वीर रहेको बताइएको छ। खगोलविद्हरूले उक्त स्पष्ट तस्विर सार्वजनिक समेत गरेका छन्।
सार्वजनिक भएको तस्विरमा बृहस्पतिमा रहेको बादलको सतहमुनिको प्रकाशको चमक समेत देखिएको छ। सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रहको रुपमा रहेको बृहस्पति उक्त तस्विरमा धेरैनै सुन्दर देखिएको छ।
बताइएअनुसार, तस्विर वैज्ञानिकहरुले संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्प मार्फत इन्फ्रारेड किरणको प्रयोग बाट खिचेका हुन्। तस्विर खिच्नको लागि लक्की इमेजिङ भन्ने प्रविधि प्रयोग गरिएको थियो। यस प्रविधिले तस्बिर धमिलो बन्न नदिने गर्छ।
यस प्रविधि मार्फत धेरै तस्विरहरु खिचेर अंश-अंश जोडी वैज्ञानिकहरुले बृहस्पतिको स्पष्ट तस्विर तयार पारेका हुन्।