नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी

सांकेतिक तस्विर

काठमाडौं – भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले समाचार लेखेका छन् ।

सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दोष छ । सरकारले काम रोक्न किन भनेन अहिलेसम्म ?’

उनीहरुको एउटै स्वर छ, ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको चरित्र उदाँगो भएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेकोबारे सरकारसँग जवाफ मागे ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७०१:४६

पार्टी बलियो होस् भन्ने वामदेवको इच्छा: भन्छन् – “सङ्कटको समयमा पार्टी-सरकार दुवै बलियो हुनुपर्छ”