काठमाडौँ – आइतबार बिहान एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कोशी अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार एक जनामा कोरोनाको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना पुष्टि हुनेमा दयपुर, भुल्के निवासी ४३ वर्षीय महिला रहेकी छन्। उनको स्वास्थ्य समस्न्य रहेको बताइएको छ।
आइतबार थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उदयपुर जिल्लामा मात्रै संक्रमितको संख्या ३२ पुगेको छ। जसमध्ये १४ जना निको भएर घर फर्किसकेका छन्।
यस्तै नेपालमा कुल संक्रमितको संख्या ११० पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३१ छ।