भारत र चीनका सैनिकबीच झ-डप, दुवै देशका सैनिक घाइते !

एजेन्सी – भारत र चीनका सैनिकबीच झ-डप भएको छ। उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झ-डप भएको हो।

उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिक बीच शनिबार झ-डप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त झ-डपमा दुई देशका करिब १५० सैनिक संलग्न भएको बताइएको छ।

दुई देशमा सैनिक आमने-सामने हुँदा गोली चलेको र सो क्रममा केहि सैनिक घाइते समेत भएको त्यहाँ खटिएका एक सैनिक अधिकारीले बताएका छन्। उनका अनुसार उक्त विवाद स्थानीयस्तरमै टुंग्याइएको छ।

“चार भारतीय सैनिक र सात चिनियाँ सैनिक घाइते भएका छन्। दुई देशका गरी करिब १५ जना सैनिक संलग्न भएको उक्त झ-डपको विषयलाई लिएर दुवै पक्ष बीच समझदारी भइसकेको छ।”,एक सैनिक अधिकारीलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

सीमा क्षेत्रमा भारत र चीन आमने-सामने भएको यो पहिलो पटक भने होइन। यस भन्दा अगाडी पनि दुवै देशका सेना धेरै पटक आमने-सामने भैसकेका छन्।

तीन वर्ष अगाडी मात्रै दोक्लममा दुई देशका सैनिक आमनेसामने भएका थिए। दोक्लम चीन, भुटान र भारतको सीमामा हो। चीनले सडक निर्माण गर्न खोजेपछि त्यहाँ भारत र चीन बीच आमने-सामने भएको थियो।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७०६:२५

हुरीसहित पानी पर्ने, सतर्कता अपनाउन अनुरोध !