पोखरामा जलाइयो मोदीको पुत्ला, चार पक्राउ !

काठमाडौँ – भारतले एकतर्फी रूपमा नेपालको भूमिमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेपछि पहिला देखि नै थाती रहेको लिपुलेक कालापानी विवादले नयाँ चरणमा प्रवेश गरेको छ।

ऐतिहासिक सन्धि, सम्झौता, दस्तावेज, तथ्य प्रमाण र नक्शाका आधारमा उक्त भूमि नेपालको हुन आउने भन्दै नेपाल सरकारले भारतको कदम प्रति खेद पनि जनाइसकेको छ। यस अगाडी नेपाली भूमि आफ्नो नक्शामा समावेश गरेर सार्वजनिक गरेको भारतले नेपालको भूमिलाई आफ्नो दावी गर्दै सडक निर्माण गरेपछि सर्वत्र विरोध भइरहेको छ।

भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि देशमा विभिन्न भागमा शनिबार देखि नै प्रदर्शन भइरहेका छन्। आइतबार पोखरामा भएको प्रदर्शनका क्रममा मोदीको पुत्ला जलाइएको छ। भारत विरुद्ध नारा-बाजी तथा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जलाएका हुन्।

पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी छन् । सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१०:०२

मोदीको पुत्ला जलाउने विप्लव नेकपाको घोषणा !