मोदीको पुत्ला जलाउने विप्लव नेकपाको घोषणा !

काठमाडौँ – भारतले एकतर्फी रूपमा नेपालको भूमिमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेपछि विप्लव नेकपाले विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ। नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आइतबार विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो।

नेकपाले वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने, वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको विप्लव निकट एक मिडियाले जनाएको छ। उसका अनुसार नेकपाले संघर्षका कार्यक्रम सहित विभिन्न नारा पनि सार्वजनिक गरेको छ।

“भारतीय साम्राज्यवाद– मुर्दावाद !, लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !, कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर !, भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर !, नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद ! लगायत नारा लेखिएका पर्चा, पोस्टरिङ, वालपेन्टिङका साथ जेठ ५ गते देशव्यापी रूपमा सहरदेखि गाउँसम्म मशाल जुलुस गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।”,एक पर्चा समेत सार्वजनिक गर्दै उक्त मिडियाले समाचारमा भनेको छ।

पर्चा: eratokhabar

सङ्घर्षका कार्यक्रम

१) वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने
२) वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने । नेकपाले सङ्घर्षका निम्ननारा पनि तय गरेको छ :

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१०:२५

काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल: ‘लकडाउन’ खुकुलो सम्झेर खुले चिया पसल, क्याफे पनि !