काठमाडौंमा पनि जलाइयो मोदीको पुत्ला

काठमाडौँ – काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। आइतबार साँझ काठमाडौँको कलंकीमा जनता दरवार नामक भ्रष्टाचारविरोधी अभियानले मोदीको पुत्ला जलाएको हो । गो ब्याक इन्डियालगायतका प्लेकार्डहरु बोकेका प्रदर्शनमा सहभागी भएकाहरुले भारत तथा मोदी विरुद्ध नाराबाजी पनि गरेका छन्।

भारतले एकतर्फी रूपमा नेपालको भूमिमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेपछि पहिला देखि नै थाती रहेको लिपुलेक कालापानी विवाद पुनः बल्झिएको छ।

ऐतिहासिक सन्धि, सम्झौता, दस्तावेज, तथ्य प्रमाण र नक्शाका आधारमा उक्त भूमि नेपालको हुन आउने भन्दै नेपाल सरकारले भारतको कदम प्रति खेद पनि जनाइसकेको छ। यस अगाडी नेपाली भूमि आफ्नो नक्शामा समावेश गरेर सार्वजनिक गरेको भारतले नेपालको भूमिलाई आफ्नो दावी गर्दै सडक निर्माण गरेपछि सर्वत्र विरोध भइरहेको छ। भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि देशमा विभिन्न भागमा शनिबार देखि नै प्रदर्शन भइरहेका छन्।

आइतबार दिउँसो पोखरामा पनि मोदीको पुत्ला जलाइएको थियो। भारत विरुद्ध नारा-बाजी तथा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जलाएका थिए।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१३:५०

“भारतको अतिक्रमणकारी नीति देखियो, अन्तर्राष्ट्रिय अदालत नगई हुँदैन”