के-के हुन् त गर्भवती नहुनुका कारणहरु ? यस्ता छन् ६ कारणहरु

एजेन्सी, डाक्टरहरुको अध्ययन अनुसार धेरै जोडीहरु आफुले चाहदा-चाहादै पनि सन्तान पाउन सक्दैनन् । उनिहरुको जीवनशैली  र स्वास्थ्यका कारणले सन्तान हुन सक्दैन कारणहरु यस्ता छन् :

१. जीवनशैली :

यदि हामीले हाम्रो जीवनमा  धेरै मदिरा पान ,चुरोट र यस्तै लागूपदार्थहरु  सेवन गर्ने गर्छौ भने यसले  पुरुषमा  स्पर्म काउन्ट घट्दै जान सक्छ र महिलामा यसको कारण पेटमा  बच्चा नबस्न सक्दछ ।

२. उमेर :

पुरुषहरुको उमेर ३५–४० वर्ष पुगेपछि उनीहरुको स्पर्म काउन्ट कम हुदै जान्छ। त्यस्तै  ४० बर्षको उमेरपछि महिलाहरुमा पनि हर्मोनको समस्य हुने भएकोले गर्भधारणमा समस्या उत्पन्न हुनसक्छ ।

३. मोटाउनु :

मोटोपनको कारणले गर्दा पुरुषमा स्पर्म काउन्ट घट्न सक्छ र उनीहरु कम्जोर हुदै जाने गर्छन । यस्तै महिलामा पनि समस्या देखा पर्न सक्छ जस्तै  ओभरीमा बोसो बढ्दै जान्छ र अण्डा उत्पादन हुदैन् र यसले गर्भवती हुनमा असर गर्दछ।

४. संक्रमण :

धेरै जस्सो महिलाहरूमा ‘युरिन इन्फेक्सन’ , टीबी जस्तो रोगले पेटमा बच्चा नबस्न सक्दछ र यो समस्याले पुरुषको पनि स्पर्म काउन्ट कम हुनसक्छ।

५. डिप्रेसन :

मानिसहरुको जीवनमा धेरै तनाब र डिप्रेसन जस्तो कुराहरु अउने गर्दछ जसले  पुरुषहरुमा  स्पर्म काउन्ट र गुणस्तर कमजोर बनाऊदछ। महिलाहरुमा पनि यसको कारणले प्रोलेक्टीन नामक हर्मोन बढेदै जान्छन् र  पेटमा बच्चा नबस्न सक्दछ।

६. काम 

मानिसहरुको पेशाले पनि गर्भधारण क्षमतालाई असर पुर्याउँछ जस्तै  गर्मिमा काम गर्नाले पुरुषमा स्पर्म काउन्ट घट्न सक्छ र महिलाहरुमा महिनावारीको  समस्या उत्पन्न हुने गर्दछ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१५:१५

कतै तपाईले नक्कली अण्डा त किन्नु भएन??अण्डा असली वा नक्कली छुट्याउने ५ तरीका(जान्नैपर्ने)