नदीले बगाएर दुईजना बेपत्ता !

गोरखा – गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

बेपत्ता बालकको अहिले प्रहरी र स्थानीयवासीले खोजी कार्य गरिरहेको वडा नं १ वडा सदस्य मीनबहादुर सुनारले जानकारी दिए। बुबासँगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासि नदीले बगाएको थियो ।

यता गोरखाको शहीद गाउँपालिका–३ भुवनीटार स्थित मस्र्याङ्दी नदीले बगाएको एक युवक बेपत्ता भएका छन् । बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका–१ घर भएका १९ वर्षीय कृष्णबहादुर पुनलाई पौडी खेल्ने क्रममा आज दिउँसो नदीले बगाएको हो । नदीले बगाएर बेपत्ता बनाएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीमा कार्यतर स्रेस्तेदार लोकनाथ पराजुलीलाई रु ३० हजार घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको सवारी साधन छुटाइदिने भन्दै निजले सेवाग्राहीसँग उक्त रकम घुस लिएको आरोप लागेको छ । आयोगले जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत ९दशौँ तह० जयमङ्गल प्रसादलाई रु एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । खानीसम्बन्धी कामका लागि विभिन्न बहाना गरी अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग घुस मागेको निजमाथि आरोप लागेको छ । आयोगले जयमङ्गललाई शनिबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१६:०५

चीनको वुहानमा फेरि देखियो कोरोना !