एम्बाप्पेले रियलमा रोनाल्डोको स्थान लिनेछन्

एजेन्सी – विश्व विजेता फ्रान्सका केलियन एमबाप्पे अहिलेको अवस्थामा उत्कृष्ट युवा स्टार खेलाडीको रुपमा उभिएका छन् । पछिल्लो तीन वर्षमा गरेको प्रदर्शनले नै उनले विश्व फुटबलको ध्यान खिच्न सफल भएका छन् ।

यिनै २१ वर्षे युवा स्टार केलियन एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएका छन् । तर, पछिल्लो बिकसित घट्टाक्रमका कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार एमबाप्पेको रियलमा स्थानान्तरण यो समरमा नभई अर्काे समरमा मात्रै हुन सक्ने छ ।

रियलले कोरोना भाइरस (कोभिड–१९) का क्लबको आर्थिक संकटलाई ध्यानमा राख्दै अर्काे समरमा मात्रै एमबाप्पेलाई अनुबन्ध गर्ने बताइसकेको छ । यसक्रममा इंग्लिस क्लब लिभरपुलले पनि एमबाप्पे अनुबन्धमा चासो देखाएको छ ।

यसै क्रममा पीएसजीका पूर्व प्रशिक्षक उनाई इम्रीले एमबाप्पे रियलमा अनुबन्ध भएको अवस्थामा उनी रियलको महत्वपुर्ण खेलाडी बन्न सक्ने बताएका छन् ।प्रशिक्षक इम्रीले रियलमा एमबाप्पेले रोनाल्डोको स्थान लिँदै बालोन डिओर जित्न सक्ने समेत थपेका छन् ।

‘अवश्य पनि एमबाप्पे म्याड्रिडका लागि सुहाउँदो र क्षमतावान खेलाडी हुन् । उनले रियलमा रोनाल्डोले जस्तै आफ्नो छवि स्थापित गर्न सक्नेछन् । जब म फ्रान्समा थिए । त्यहाँ मैले एमबाप्पे पाएका कारण खुसी थिएँ । जब म लन्डन आए, उनलाई प्रिमियर लिगमा देख्ने चाहना बढ्यो । म स्पेन फर्किए भने म त्यहाँ उनलाई चहान्छु,’ आर्सनल र सेभियाका पूर्व प्रशिक्षक इम्रीले भने ।

‘एमबाप्पेले पीएसजीमा सबै कुरा पाएका छन् । तर, केही योजना पीएसजीबाट पुरा नभएको हुन सक्दछ । व्यक्तिगत रुपमा ब्यालोन डी’ओर र च्याम्पियन्स लिग जित्ने उनको योजना पुरा हुने अर्काे विकल्प भनेको म्याड्रिड नै हो ।’

उनले फुटबलमा बार्सिलोना र रियल म्याड्रिड जस्तो दुई उत्कृष्ट टोली रहेको र ति क्लबहरुमा उत्कृष्ट खेलाडीहरु देख्न पाइएको र अझै देख्न पाइने बताए ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१६:१२

आर्सेन वेंगरको नजरमा एमबाप्पे नै मेस्सी र रोनाल्डोको उत्तराधिकारी ! यसो भने…