“हामीलाई सीमा मिचेर ठूलो भुभाग भएको छिमेकी हैन ठूलो हृदय भएको छिमेकी चाहिएको छ”

काठमाडौँ – हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेलले भारतसँग रहेका सीमा विवाद अन्तर्राष्ट्रिय कानुन अनुरुप कूटनैतिक ढंगबाट सीमा सुल्झाउन सरकारसँग माग गरेका छन्।

सोमबार सामाजिक संजाल फेसबुक मार्फत भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

कट्टेलले फेसबुकमा विभिन्न समयमा नेपालको सीमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको उल्लेख गरेका छन्।

कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सँधै विवाद निकाल्दै आएको र स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चाल्नु पर्ने उनको बुझाई छ।

“कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सँधै विवाद निकाल्दै आएको छ। तसर्थ स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौँ । साथै नेपालले पनि अन्तर्राष्ट्रिय कानुन अनुरुप कूटनैतिक ढंगबाट सीमा विवाद सुल्झाउन पहल गरोस् भन्ने चाहन्छौँ ।”,फेसबुकमा उनले लेखेका छन्।

यस्तै उनले पटक–पटक हुने सीमा विवादले सामाजिक अस्थिरता, तथा राजनैतिक विचलनसमेत हुन सक्ने हुँदा यसको दीर्घकालिन समाधानका लागि आवेगमा आएर हैन संयम बनेर अगाडि बढ्न अपिल पनि गरेका छन्।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७०४:३४

यी युवक जसले १९ वर्षीया युवतीलाई ‘पासो’ लगाउन बाध्य पारे…