भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाइने !

काठमाडौँ – सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने भएको छ।

सीमा सुरक्षामा थप जनशक्ति बढाउनुपर्ने भएकाले सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमा क्षेत्र पठाउने भएको हो। सरकारले गरेको यस निर्णय बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा जानकारी गराए।

“भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय गरिएको छ”,सीमामा सुरक्षा बल बढाउन लागिएको बारे जानकारी दिँदै उनले भने।

“भारतसँगको सीमाविवाद म सल्टाउन सक्छु, नेतृत्व मलाई दिइयोस्” – सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कालापानी-लिपुलेक लगायतका सीमा विवाद बारे भारतसँग वार्ता गर्न टोलि गठन गरेर आफूलाई नेतृत्व दिन आग्रह गरेकी छन्।

कोइरालाले संघीय संसदको अन्तराष्ट्रिय समितिको बैठकमा सोमबार यस्तो प्रस्ताव राखेकी हुन्। कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न उनको प्रस्ताव छ।

भारतसंग सीमाविवाद रहेका क्षेत्रका विषयमा वार्ता गर्न सबै दलका प्रतिनिधि राखेर टोलि बनाउनु पर्ने उनको बैठकमा बताइन्। सीमा मिचिएको विषयमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको अवस्थामा नेतृ सुजाताले समस्या समाधान आफूले गर्न सक्ने दावी गरिन्।

केहि समय अगाडी आफूले भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको विषय समेत उल्लेख गर्दै अब त्यसको औचित्य सकिएको बताइन्।

भारतसंगको सीमाविवादलाई राजनीतिक दल तथा नेताहरुले राजनीति गर्ने विषय मात्र बनाएको भन्दै असन्तुष्टि पोखिन्। सीमाविवादलाई लिएर चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको भएपनि आवश्यक कदम भने कसैले नचालेको उनको आरोप छ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७०६:०५

भारतबाट लुकिछिपी आएकाहरुमा कोरोना देखिन थाल्यो !