दुबईमा रहेका फुटबल खेलाडी श्रेष्ठलाई कोरोना पोजेटिभ!

काठमाडौँ, बैशाख २९ ।  नेपाली टिमका पूर्व राष्ट्रिय खेलाडी रंजित  श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी रंजित हाल दुबईमा रहेका छन्। उनि दुबईमा वैदेशिक रोजगारीका लागि गएका हुन्।

श्रेष्ठले सामाजिक संजाल फेसबुक मार्फत आफुलाई कोरोना भएको पुष्टि गरेका हुन्। उनि अहिले सेल्फ आइसोलेसनमा रहेका छन्। फेसबुकमार्फत एक भिडियो सन्देश पोस्ट गर्दै उनले आफूलाई कुनै जोखिम नरहेको बताएका छन् । उनलाई कोरोना भएको ५ दिन बितिसेको छ।

रञ्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका थिए। उनि राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन र त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन फुटबलर हुन् ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७०९:०९

सप्तरीमा कोरोना पुष्टि भएका व्यक्ति फरार, प्रहरी जाँदा घरमा फेला परेनन् !