कपिलवस्तुमा भित्र-भित्रै भुस जस्तो सल्किएको रहेछ कोरोना, एकैदिन १६ जनामा पुष्टि !

काठमाडौँ – सोमबार साँझ नेपालमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार साँझ १३ जनामा संक्रमणको पुष्टि भएको हो।

कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जना गरेर सोमबार साँझ १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै सोमबार मात्र २४ जना संक्रमित थपिएका छन्। जसमध्ये १० जनामा बिहान कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो भने दिउँसो एक जनामा कोरोनाको पुष्टि भएको थियो। सोमबार कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । जससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १७ हजार ८०९ र आरडिटी ५८ हजार ५४६ व्यक्तिमा गर्न सफल भएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई हजार ७९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा सोमबार आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम गर्नका लागि परीक्षणलाई तीव्रता दिएको जानकारी दिनुभयो । आजसम्म आरडिटी परीक्षण प्रदेश नम्बर १ मा सात हजार ७३७, प्रदेश नं. २ मा पाँच हजार ९२७, वाग्मती प्रदेशमा नौ हजार २९०, गण्डकी प्रदेशमा छ हजार ४८५, प्रदेश नं. ५ मा छ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार नौवटा परीक्षण भएको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १५३ रहेका छन् ।

नेपालका ३३ जना कोरोना  संक्रमित ३३ जना ठीक घर फर्किएका छन् । हालसम्म रे-डजोनमा ३४२ रहेका छन् ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७१३:५४

बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिने नर्भिक हस्पिटलसँग लिखित जवाफ माग !