ज्योतिष शास्त्रको अनुसार तपाईको शरीरको कुनै पनि भाग फर्फराउने गर्छ भने त्यसले धेरै कुरा संकेत गरिराखेको हुन्छ। मानव शरीर धेरै संवेदनशील हुन्छ। जसका कारण तपाईको शरीरमा के हुँदैछ भन्ने कुरा तपाईको शरीरलेनै संकेत गरिराखेको हुन्छ। आज हामी हरेक मानव शरीरको कुन-कुन भाग फर्फराउदा शुभ-अशुभ हुन्छ भन्ने विषयमा चर्चा गर्ने छौं।
यदि तपाईको टाउकोको कुनै पनि फर्फराएमा तपाईलाई भौतिक लाभ मिल्ने गर्छ। साथै तपाईको कानको नजिक फर्फराएमा तपाईलाई धन लाभ मिल्ने गर्छ। महिला र पुरुषको अवस्थामा समेत फरक रहने यस प्रवृत्तिले फरक कुरा समेत बताउन सक्छ। यदि पुरुषको दाहिने भाग फर्फराएमा शुभ समाचार मिल्ने गर्छ भने महिलाको देब्रे भाग फर्फराएमा शुभ मिल्ने गर्छ। आँखाको मामला यदि तपाईको दाहिने आँखा फर्फराएमा तपाईको मनोकामना छिट्टै पूरा हुने संकेत हुन्छ. एस् साथै यदी तपाईको देब्रे आँखा फर्फराएमा तपाईलाई शुभ समाचार मिल्ने संकेतको रुपमा लिन सक्नु हुन्छ। यदि तपाईको दुई तिरको गाला एकैपटक फर्फराएमा धन प्राप्तिको संकेत मान्न सकिन्छ। तपाईको ओठ फर्फराएमा तपाईलाई नयाँ व्यक्तिसँग मित्रता हुने संकेत हो। यदि तपाईको हातको कुहिना फर्फराएमा तपाईको सामाजिक प्रतिष्ठा बढेर जाने कुराको संकेत गरि राखेको हुन्छ। यस्तै तपाईको टाउकोमा हुने मध्य भाग,नाक,तालु,हत्केला, साथै आँखी भौं फर्फराउनुलाई शुभ मान्ने गरिन्छ।
शरीरको कुनै पनि भाग फर्फराउनुले शुभ मात्र संकेत नगर्ने नभई अशुभ समेत संकेत गर्ने हुन्छ। यदि पुरुषको देब्रे भाग फर्फराएमा भविष्यमा आउदै गरेको दुखलाई संकेत गरेको मान्न सकिन्छ। यदि महिलाको दाहिने भाग फर्फराएमा भने दुखद खबर मिल्न सक्ने विश्वास गरिन्छ। यस्तै यदि कुनै पनि व्यक्तिको दुई वटानै काँध एकैसाथ फर्फराएमा तपाईको कोहिसँग ठुलै झगडा पर्नेछ भनेर बुज्नु होला। ठूलो दुख झेल्नु पर्ने कुरालाई तपाईको ढाड फर्फराउनुले पनि सङ्केत गर्ने गर्छ। यदि तपाईको देब्रे तालु फर्फराएमा तपाईलाई कानुनी समस्या आइलाग्न सक्ने सङ्केत मान्न सकिन्छ। साथै तपाईको दाहिने कम्मर ,दाहिने हातको औंला, छातीको दाहिने भाग,नाकको डांडी फर्फराएमा अशुभ मानिने गरिन्छ।