एजेन्सी, मानिसहरु आफ्नो ग्रह शान्ति र दोषलाई हटाउनको लागी अनेक थरीका धातुको औठीहरु लगाउने गर्दछन् । सबै ग्रहको लागी अलग-अलग धातु हुने गर्दछ । सबै ग्रहको राजा सूर्य हुन्छ । ज्योतिषशास्त्रमा तामालाई सूर्यको धातु मानिएको छ । सूर्यसँग सम्बन्धित सबै रोगलाई टाढा गर्नको लागी तामाको औठी लगाइने गरिन्छ । तामाको औठी धारण गर्नाले हुनेछ यस्ता फाईदाहरु :
१. सबैभन्दा पहिले तामाको औठीलाई सूर्यको औला यानी रिंग फिङ्गरमा लगाउनु पर्दछ । यसले तपाइको कुण्डलीमा जुन सूर्य दोष रहेको छ त्यसलाई कम गर्न मद्दत गर्नेछ ।
२. तामाको औठी धारण गर्नाले पेटसँग सम्बन्धित रोगहरुबाट पनि राहत मिल्ने गर्दछ ।
३. तामाको औठी धारण गर्नाले तामा लगातार हाम्रो शरीरसँग सम्पर्कमा रहने गर्दछ । जसबाट हाम्रो शरीरलाई तामाको औषधीय गुण प्राप्त हुन्छ । यसले रगतलाई सफा गर्न पनि मद्दत गर्दछ ।
४. जसरी तामाको भाडामा राखेको पानी हाम्रो स्वास्थ्यको लागी फाईदाजनक हुन्छ, त्यसैगरी तामाको औठीबाट पनि फाईदा प्राप्त हुन्छ ।
५. तामाको औठी धारण गर्नाले हाम्रो रोगप्रतिरोधक क्षमता बढ्ने गर्दछ । यसको साथै छालामा चमक बढ्ने गर्दछ ।
६. सूर्यलाई यश र सम्मानको प्रतीक मानिन्छ । त्यसैले तामाको औठी धारण गर्नाले व्यक्तिलाई समाजमा पद प्रतिष्ठा र सम्मानको प्राप्ति हुने गर्दछ ।
७. तामाको औठी धारण गर्नाले हृदय सम्बन्धित रोग कम हुने गर्दछ ।
८. तामाको औठी धारण गर्नाले मानिसक र शारीरिक तनावमा कमी आउने गर्दछ । साथै क्रोधमा पनि नियन्त्रण रहने गर्दछ ।