सावधान ! चुइङगम चपाउँदा हुन्छ यस्ता ५ बेफाइदाहरु

तपाईमा चुइङ्गम चपाउने बानि कत्तिको छ ? तपाईले चुइङ्गम चपाउँदा फाईदा नै होला भन्ने सोच्नु भएको छ होला । तर तपाईको त्यो सोचाई गलत हो । त्यसले तपाईको स्वास्थ्यमा बिभिन्न असर गरिरहेको हुन्छ ।

बच्चा तथा किशोरहरुमा चुइङगम चबाउने बानीले टाउको दुखाइको समस्या निम्त्याउँछ । यो तथ्य इजरायलको तेलअबिब विश्वविद्यालयका अनुसन्धानकर्ताकाले पत्ता लगाएका हुन् । प्राचिनकालमा महिला तथा पुरुषहरु आनन्दका लागि रुखको चोप चुइङगमको रुपमा चबाउने गर्थे । प्राचिन ग्रीकमा पनि मानिसहरु दाँत सफा गर्न र श्वास स्वच्छ राख्न रुखको चोप चपाउँथे । चुइङगम आजकाल हाम्रो देशमा मात्र होइन, विश्वव्यापी प्रयोग गरिन्छ । तर यसका केही बेफाईदाहरु छन् । ती बेफाईदाहरु हामीले तल उल्लेख गरेका छौँ ।

१. दाँतको सडन र गिजाको रोग
गुलियो पदार्थ प्रयोग गरिएको चुइङगमले दाँतको सडन र गिजाको रोग निम्त्याउँछ । तत्कालै ब्रस गरिएन भने चुईङगमा भएको गुलियो पदार्थले विस्तारै दाँतको इनामेलमा असर पु¥याउँछ । यसबाट बच्न चिनीको मात्रा कम मिसाइएको चुइङगम मात्र प्रयोग गर्ने बानी बसाल्नुस् । फेरी अप्राकृतिक गुलियो प्रयोग गरिएको चुईङगमले कसैलाई एलर्जी, चिडचिडापन र टाउको दुखाई निम्त्याउन सक्छ ।

२. बंगारामा समस्या
चुइङगम चपाउने बानीले बंगारामा दबाब सिर्जना गराउन सक्छ । यसले ‘टेम्पोरोमान्डि ज्वाइन्ट डिस्अर्डर (टिजेडी) हुन पनि सक्छ, जसबाट असैह्य रुपमा अनुहारको दुखाई र घाँटीमा असजिलोपना निम्तिन सक्छ ।

३. पेटमा समस्या
लगातार चुईङगम खानाले पेट र पाचन प्रणालीमै असर पर्न सक्छ । खाना खाएपछि पच्न केही समय चाहिन्छ, तर, लगातार चुईङगम चपाइरहेपछि मुखबाट निस्किएको ¥यालले खाना पचाउने समय दिदैंन । जसले गर्दा ग्यास्ट्रिक र दुखाईको समस्या आउँन सक्छ । ग्यास्ट्रिकको समस्या पछि गएर अल्सर पनि बन्न सक्छ ।

४. मृगौलामा समस्या
यदि दाँतमा मक्र्युरी भरिएको छ भने चुइङगम लगातार चपाउँनाले त्यो निस्कन्छ । मक्र्युरी मेटाबोलिजमका लागि खतरनाक हुन्छ । मक्र्युरीले रगत, पिसाब नली, नसा र ब्रेनलाई असर पार्छ ।

५. अनुहारको मांसपेशीमा समस्या
किशोर उमेरमा अत्यधिक चुइङगम खानाले बंगाराको हड्डी तथा मांसपेशी तन्कन्छ र अनुहार ठुलो बन्न सक्छ ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७१६:१४

यी ७ फलफुललाई कहिल्यै पनि नमिसाउनुहोस, निम्तिन सक्छ गम्भीर समस्या !