भारतमा लकडाउन खुकुलो हुँदा नेपाललाई खतरा, कोरोना संक्रमण ह्वातै बढ्ने चेतवानी !

काठमाडौँ – भारतमा झण्डै दुई महिनापछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा मंगलबार देखि पुनः सुचारु हुने भएको बताइएको छ ।

भारतमा रेल सेवा पुनः सञ्चालन भएपछि नेपालमा कोरोना संक्रमणको थप जोखिम बढ्ने देखिएको छ। नेपाल-भारत सीमानाकामा अहिले हजारौंको संख्यामा नेपाली छन्। रेल सेवा सञ्चालन भएपछि यो संख्या बढेर जाने देखिन्छ। नेपाल-भारत सीमामा अलपत्र परेकाहरु लुकिछिपी नेपाल प्रवेश गरेको पाइन्छ। जसले नेपालमा कोरोना भाइरस संक्रमण ह्वातै बढाउने देखिन्छ।

भारतको विभिन्न ठाउँबाट आएर सीमा क्षेत्रमै अलपत्र परेका नेपालीको उचित व्यवस्थापनमा सरकारले ध्यान दिन नसक्दा लुकिछिपी नेपाल प्रवेश गरेकाहरुमा कोरोना देखिन थालेको छ भने उनीहरु बाटै समूदायमा कोरोना संक्रमण सर्ने देखिन्छ।

सीमासम्म आइपुगेकाहरु लुकिछिपी नेपाल पसेको तथ्य पत्ता लागेको छ भने त्यसरी नेपाल प्रवेश गरेकाहरुमा कोरोनाको पुष्टि पनि भइसकेको छ। नेपालमा अहिले सम्म फेला परेका अधिकांश संक्रमित भारतबाट आएको पाइएको छ। जसकारण भारतमा लकडाउन खुकुलो भएपछि नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम अझ बढी हुने देखिन्छ। भारतमा क्रमिक रुपमा खुकुलो भइरहेको लकडाउन नेपालको लागि टाउको दुखाईको विषय बन्ने देखिन्छ।

भारतमा लकडाउन खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने जोखिम तर्फ सरकार समयमै सचेत हुन आवश्यक देखिन्छ। कोरोना भारत बाटै भित्रिरहेको हुँदा सीमामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उचित व्यवस्थापन गर्न सरकारले योजना बनाएर तत्काल लागू गरिहाल्नु उचित हुन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७०३:१६

आमा पोइल गइन्, निर्दयी बुबाले मरणासन्न बनाए