ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई प्रेम, कला, सौन्दर्य, ऐश्वर्य आदिको कारक मानिन्छ। मार्च महिनाको अन्तिम देखि शुक्र वृष राशिमा छ। अहिले मार्गी अवस्थामा रहेको शुक्र बुधबारबाट वृष राशिमै वक्री भएको छ । शुक्रको उक्त चाल परिवर्तनले हरेक राशिलाई फरक-फरक असर पर्नेछ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शुक्र दोस्रो भावमा वक्री हुँदा मेष राशि हुनेहरुलाई आर्थिक रुपमा लाभ मिल्नेछ। रकम वचत गर्ने मौका मिल्न सक्ला भने बोलिमा हुने मधुरता विभिन्न कार्य सफल हुनेछन्। घरको वातावरण पनि उल्लासमय रहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष शुक्र ग्रहको स्वराशि हो। यस कारण शुक्रको चाल परिवर्तनले वृष राशि हुनेहरुलाई विभिन्न लाभ मिल्नेछ। शुक्रका कारण विभिन्न सकारात्मक परिणाम मिल्नेछन्। आर्थिक रुपमा रहेका समस्या देखि छुटकारा मिल्न सक्ला भने परिवारजन तथा मित्रजनबाट उल्लेख्य सहयोग पनि प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शुक्रको चाल परिवर्तन मिथुन राशि हुनेहरुलाई मिश्रित फलदायी हुन सक्छ। पारिवारिक जीवन सुखद रहला। मित्रजनबाट उचित सहयोग प्राप्त हुँदा रोकिएका कार्य सफल हुनेछन्। यधपी आर्थिक लाभ राम्रै प्राप्त भएपनि खर्च बढ्दा धन संचित गर्न भने सकिने छैन।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शुक्रको चाल परिवर्तन कर्कट राशि हुनेहरुको लागि लाभदयाक हुने देखिन्छ। प्रेम जीवन सुखद रहनुका साथै सानो-तिनो यात्रा हुन सक्ला। व्यवसाय विस्तार गर्ने मौका मिल्नेछ। यधपी स्वास्थ्यले भने साथ दिने देखिंदैन।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शुक्रको चाल परिवर्तनले सिंह राशि हुनेहरुको खर्च बढ्नेछ। अनावश्यक काममा समय तथा धन खर्च हुनेछ। बोलि तथा व्यवहारमा नियन्त्रण नहुँदा लज्जित हुनुपर्ला। सकेसम्म यात्रा पनि नगरेकै उचित होला।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
शुक्रको चाल परिवर्तनसँगै कन्या राशि हुनेहरुको जीवनमा विभिन्न सकारात्मक परिवर्तन हुनेछन्। आर्थिक रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ। नयाँ कार्य थालनीको लागि पनि वातावरण बन्नेछ। प्रेमजीवन सोचेजस्तै रहला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
शुक्रको चाल परिवर्तनले तुला राशि हुनेहरुको जीवनमा दुख थपिनेछ। सोचेको काम समयमा सम्पन्न नहुँदा हताशा छाउनेछ। गरिएका लगानीले पनि प्रतिफल दिने छैनन्। कार्यक्षेत्रमा विभिन्न बाधाको सामना पनि हुन सक्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
शुक्रको चाल परिवर्तनले वृश्चिक राशि हुनेहरुको दाम्पत्य तथा पारिवारिक जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। परिवारमा रहेको कलह साम्य भए जानेछ। आर्थिक रुपमा पनि समय सुखद रहन सक्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
शुक्रको चाल परिवर्तनले धनु राशि हुनेहरुको स्वास्थ्यमा समस्या पैदा गर्नेछ। खान-पानमा विशेष ध्यान आवश्यक रहला। कार्यक्षेत्रमा चुनौती बढ्नेछ। बोलि तथा व्यवहारका कारण लज्जित हुनुपर्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शुक्रको चाल परिवर्तन मकर राशि हुनेहरुको लागि मध्यम फलदायी रहनेछ। प्रेम जीवन तथा दाम्पत्य जीवन सुखद रहनेछ। यधपी परिवारमा सल्लाह नगरी लिइएको निर्णयले पनि समस्या पैदा गर्न सक्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शुक्रको चाल परिवर्तनसँगै कुम्भ राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफ्नो व्यवहारले उच्च अधिकारीहरुको मन जित्न पनि सकिनेछ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
शुक्रको चाल परिवर्तन सँगै मीन राशि हुनेहरुको मनमा भय पैदा हुनेछ। अनावश्यक डर तथा त्रासले मनमा डेरा जमाउँदा हालमा आइसकेको काम पनि फुत्किन सक्ला। आर्थिक रुपमा पनि समय खासै सुखद रहने देखिँदैन।