विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शना पक्राउ!

काठमाडौँ, बैशाख, ३०। भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा उत्रिएकी विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शना पक्राउ परेकी छन् ।

लकडाउन उल्लंघन गरी प्रदर्शनमा उत्रिएका उनिसहित आधा दर्जन युवालाई प्रहरीले काठमाडौंस्थित माइतीघर मण्डलाबाट पक्राउ गरेको हो। उनीहरुलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ।

भारतले एकतर्फी रूपमा नेपालको भूमिमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा मंगलबार काठमाडौँका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनमा उत्रिएकाह्जरुलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै पक्राउ गरिरहेको छ।

यस अगाडी नेपाली भूमि आफ्नो नक्शामा समावेश गरेर सार्वजनिक गरेको भारतले नेपालको भूमिलाई आफ्नो दावी गर्दै सडक निर्माण गरी शुक्रबार उद्घाटन गरेको थियो। ऐतिहासिक सन्धि, सम्झौता, दस्तावेज, तथ्य प्रमाण र नक्शाका आधारमा उक्त भूमि नेपालको हुन आउने भन्दै नेपाल सरकारले भारतको कदम प्रति खेद पनि जनाइसकेको छ।

कालापानी, लिपुलेक तथा लिम्पियाधुरा नेपालको भूमि पुष्टि गर्ने राजस्श्व-तिरो तथा जनगणनाको ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाण उपलब्ध रहेको अवस्थामा पनि भारतले कयौं वर्ष देखि नेपाली भूमि आफ्नो दावी गर्दै आएको छ।

 

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७१०:२१

रिपोर्टिङका क्रममा कोरोना सरेको शंका लाग्यो, परीक्षण गराउँदा चारजना पत्रकारमा कोरोना देखियो !