काठमाडौँ – मंगलबार साँझ थप १७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा थप १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबार दिउँसो र बिहान पर्साका ३९ जना, बाराका १ जना, कपिलवस्तु ८ र रुपन्देहीमा ९ जना गरी ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।
साँझ पनि १७ जनामा कोरोनाको पुष्टि भएपछि मंगलबार ७४ जनामा कोरोनाको पुष्टि भएको छ। नेपालमा हाल सम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
प्युठानका ११ जनामा आरडिटी पोजेटिभ !
कोहलपुर – प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडिटी गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।