काठमाडौँ उपत्यकामा फेरी कोरोनाको इन्ट्री’: एकै दिन ३ संक्रमित भेटिए !

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा दुई जनामा कोरोना भाइरस संक्रमण को पुष्टि भएको छ।

स्वास्थ्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा भक्तपुर र काठमाडौँका तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा तथा काठमाडौंकी ३३ वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५, ६० बर्षीय महिलाहरू; १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरू; मद्दोत्तरी जिल्ला निवासी १६, ३५ वर्षीय पुरुषहरू; धनुषा जिल्ला निवासी २० वर्षीय महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोभिड–१९ को परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि देखा पर्न थालेका छन् । पछिल्लो दिनमा कोभिड–१९ को परीक्षण बढाएसँगै सङ्क्रमित पनि देखा पर्न थालेका हुन् । सोमबार मात्र २४ जना सङ्क्रमित देखापरेका थिए भने मंगलबार मात्र ८३ जनामा सङ्क्रमण देखिएको हो ।

नेपालमा मंगलबार देखिएको अहिलेसम्मको सङ्क्रमित सङ्ख्या सबभन्दा ठूलो हो । यसअघि यति ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका थिएनन् । अहिलेसम्म २१७ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेको बताए । ‘पहिलेको तुलनामा परीक्षणलाई धेरै नै गरेको छाैं,’ उनले भने, ‘परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेका हुन् ।’

नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । त्यसपछि दोस्रो सङ्क्रमण त्यसको दुई महिनापछि चैत १० गते देखिएको थियो । ती दुवै सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किसकेका छन् । अहिलेसम्म ३४ जना घर फर्किसकेका छन् ।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७१६:५९

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा पोजिटिभ पुष्टि, क्वारेन्टाइनमा सँगै थिए ८२ नेपाली !