नयाँ संक्रमित चन्द्रगिरीमा, भक्तपुरका संक्रमित हालसालै तराईबाट आइपुगेको खुल्यो !

काठमाडौँ – मंगलबार काठमाडौँमा कोरोना भाइरस संक्रमणको पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको खुल्न आएको छ।

केहि हप्ता अगाडी कोरोना बिरामी मुक्त भएको काठमाडौँमा मंगलबार चन्द्रगिरी नगरपालिका निवासी ३३ वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

यस्तै भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यधपी कोरोना संक्रमित कुन क्षेत्रमा फेला परेको भन्ने बारे भने केहि पनि खुलाइएको छैन।

कोरोना भाइरस संक्रमण पुष्टि भएका तीनिया जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मंगलबार राति थप जनामा संक्रमण

मंगलबार राति काठमाडौँ उपत्यकामा सहित विभिन्न जिल्लामा गरेर २६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा आज पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गरे । यससँगै संक्रमितको २१७ जना पुगेका छन् । यसअघि आज नै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा देखिएको थियो ।

आज अपराह्न र अहिले राति मात्र गरी संक्रमित ८३ भेटिएका छन् । यो एक दिनमा नेपालमा भेटिएको सबभन्दा ठूलो संख्या हो । नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् ।

यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७०१:०१

साउदीमा ६७४ नेपालीलाई कोरोना सङ्क्रमण, एक जनाको मृत्यु !