भक्तपुरमा कोरोना: पुरुष सशस्त्र प्रहरी र महिला नर्स, संक्रमित क्षेत्र सिल गरियो !

काठमाडौँ – मंगलबार भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी र स्टार्फ नर्स रहेको खुल्न आएको छ।

कोरोना संक्रमण पुष्टि भएका २७ वर्षीय पुरुषको दरवन्दी सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराहीमा रहेको छ।

उनी पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिए व्यक्ति हुन्। उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेको बताइएको छ।

रामेछाप स्थायी घर भएका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएका थिए।

यस्तै भक्तपुरमै कोरोना पुष्टि भएकी अर्की महिला स्टाफ नर्स रहेको खुलेको छ। उनी भक्तपुरकै एक निजी अस्पतालमा कार्यरत थिइन्। सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी घर भएकी उनी सुनसरीबाट यही वैशाख २९ गते नै काठमाडौं उपत्यका छिरेकी थिइन्।

आफैँ टेकु अस्पताल पुगेकी उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएकी छन्।

कोरोना पुष्टि भएको दुवै क्षेत्र अहिले सिल गरिएको छ भने संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यसमेत द्रूत गतिमा भैरहेको छ। साथै दुवै जनाको डिटेल ट्राभल हिस्ट्री बारे पनि अनुसन्धान शुरु गरिएको छ।

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७०३:३०

उपत्यकामा बाहिरबाट कोरोना भित्रिएपछि तीनै जिल्ला सिल गर्ने तयारी, सबै नाका बन्द !