जनकपुरमा मेडिकल सञ्चालन गर्नेलाई कोरोना, धनुषाका एक पत्रकारमा पनि कोरोना देखियो !

काठमाडौँ – जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। महोत्तरी स्थायी घर भई जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका ३५ वर्षीय युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

मंगलबार कोरोना भाइरस पुष्टि भएका मध्ये उनी पनि रहेको र उनी मेडिकल सञ्चालक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जलेश्वर नगरपालिका स्थायी निवासी उनी केहि वर्ष यता जनकपुरमै बस्दै आएका थिए।

यस्तै मंगलबार महोत्तरीकै १६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। उनी महोत्तरीको बलवा नगरपालिकाको स्थायी रहेको बताइएको छ।

धनुषाका एक पत्रकारमा कोरोना

मंगलबार धनुषामा कोरोना पुष्टि भएमध्ये एक जना पत्रकार रहेको खुलेको छ। धनुषामा मंगलबार देखिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना पत्रकार रहेको खुलेको हो। मंगलबार धनुषा र महोत्तरीमा गरी चार संक्रमित फेला परेका थिए। चारै जनालाई हाल जनकपुरधामनस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

यस अगाडी धनुषामा एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। मंगलबार २ जना थपिएसँगै त्यहाँ संक्रमितको संख्या ३ पुगेको छ भने महोत्तरीमा मंगलबार पहिलोपटक कोरोनाको पुष्टि भएको हो।

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७०७:०५

सांसदहरुले भने – “नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाइयोस्”