चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना, भइन् डिस्चार्ज !

काठमाडौँ – कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिला डिस्चार्ज भएकी छन्। लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको हो।

पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा दोस्रो पटक पनि नेगेटिभ आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जनाएका छन्।

यसअघिका पाँचपटकको नतिजामा नियमित पोजेटिभ देखिएकी ती महिलालाई छैठौं र सातौँ नतिजा नेगेटिभ आएसँगै भरतपुर अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरिएको हो ।

चैत ३ गते हङकङ हुँदै काठमाडौँ आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आएकी उनमा वैशाख ३ गते र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो ।

आमामा शङ्कास्पद देखिएपछि उनी र उनीसँगै आएका दुई छोराको समेत पिसिआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो । उनीसँगै पोजेटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही समयअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।

अस्पतालबाट डिस्चार्ज भएपनि अब ती महिलाले अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने छ। कोरोना मुक्त भएर डिस्चार्ज भएका आमा-छोरालाई नै राप्ती नगरपालिकालाई जिम्मा लगाइएको छ।

बुधबारबाट नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३५ पुगेको छ। हालसम्म नेपालमा २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७०७:५७

धुलिखेल अस्पतालको परिक्षणबाट दुई जनामा कोरोनाको पुष्टि, संकमितको संख्या २१९ पुग्यो !