काठमाडौँ – बुधबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँके र कपिलवस्तु जिल्लाका दुई जनामा बुधबार दिउँसो कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
कोरोना पुष्टि भएकाहरुमा कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ। नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए।