सूर्यले राशि परिवर्तन गर्दा यी राशिलाई फाइदै-फाइदा !

सूर्य देवलाई प्रत्यक्ष देवको दर्जा दिने गरिन्छ। सूर्य पृथ्वीमा हुने सम्पूर्ण अस्तित्वको कारक पनि मानिने गरिन्छ। सूर्यलाई नवग्रहको राजा पनि मान्ने गरिन्छ। ज्योतिष शास्त्रमा सूर्यले गर्ने राशि परिवर्तनले हरेक राशिमा धेरै असर गर्ने गर्छ। सूर्य जेठ १ गते आफ्नो उच्च राशि मेष राशि छाडेर वृष राशिमा प्रवेश गरेको छ।

सूर्यले गरेकोउक्त राशि परिवर्तनले हरेक राशिमा भिन्न-भिन्न असर पारेको छ । सूर्यको राशि परिवर्तनले राशि अनुसार कुन राशिलाई कस्तो फल दिलाउला ? हेर्नुहोस् !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

द्वितीय भावमा रहने सूर्यले मेष राशि हुनेहरुको स्वास्थ्यमा केहि समस्या पैदा गर्न सक्छ। विशेषतः आँखा सम्बन्धि समस्याले सताउन सक्ला। कार्यस्थलमा षडयन्त्र बढ्न सक्ने हुँदा सतर्क रहनु होला। कठोर वाणीका कारण सम्बन्धिहरु बिग्रिन सक्लान्।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सूर्यको राशि परिवर्तनसँगै वृष राशि हुनेहरुलाई मिश्रित फल मिल्न सक्ला। शारीरिक रुपमा स्वास्थ्य बिग्रिन सक्ला भने मानसिक रुपमा पनि तनाव बढ्न सक्ने देखिन्छ। आर्थिक रुपमा भने समय मध्यम रहनेछ। अनुसन्धान र रचनात्मक कार्यमा राम्रो सफलता मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सूर्यको राशि परिवर्तनले मिथुन राशि हुनेहरुको खर्च बढाउने देखिन्छ। अनावश्यक कार्यमा समय तथा धन खर्च हुन हुनेछ। परिवारमा मतभेद पैदा हुँदा मानसिक रुपमा तनाव बढ्न सक्ला। सकेसम्म यात्रा नगरेकै उचित होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सूर्य लाभभावमा रहँदा कर्कट राशि हुनेहरुलाई अनेक प्रकारका लाभ मिल्नेछन्। विषम परिस्थितिहरुबाट छुटकारा मिल्नेछ भने धेरै समय देखि बनाएको योजना पनि सफल हुन सक्ला। उच्च अधिकारीहरूसँग निकटता बढ्दा पदोन्नती हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सिंह राशि हुनेहरुको लागि सूर्यको राशि राशि परिवर्तन वरदान सावित हुनेछन्। व्यवसायको प्रगतिसँगै प्रतिष्ठा, मर्यादा तथा सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। कुशल नेतृत्व क्षमताका कारण महत्वपूर्ण जिम्मेवारी पनि मिल्न सक्ला।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

सूर्यको राशि परिवर्तन कन्या राशि हुनेहरुको लागि मध्यम फलदायी हुने देखिन्छ। बन्न लागेका कार्य समेत रोकिन सक्ने हुँदा सतर्क रहनु उचित होला। बोलि तथा व्यवहारमा नियन्त्रण आवश्यक देखिन्छ। आर्थिक रुपमा भने समय लाभप्रद रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अष्टमभावमा रहने सूर्यले तुला राशि हुनेहरुलाई महाप्रतापी बनाउनेछ। कठिन परिश्रम एवं कठोर निर्णयका कारण मान-सम्मान मिल्नेछ भने सामाजिक रुपमा महत्वपूर्ण दायित्व तथा स्थान पनि मिल्न सक्ला। शत्रु सहजै पराजित हुँदा माहोल आफ्नो पक्षमा बन्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

सप्तम भावमा रहने सूर्य आर्थिक हिसाबले लाभदयाक हुने भएपनि पारिवारिक तथा सामाजिक रुपमा भने खासै लाभप्रद हुने देखिँदैन। प्रेम सम्बन्धमा असफलता मिल्नेछ। यधपी सरकारी क्षेत्रमा भने नसोचेको लाभ मिल्न सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

सूर्यको राशि परिवर्तनसँगै प्रतिकूल परिस्थितिहरूको विरूद्ध लड्न मद्दत पुग्नेछ, दुश्मनहरू पराजित हुनेछन् र कानुनी रुपमा पनि फैसला आफ्नो पक्षमा हुनेछ। पैत्रिक सम्पतिको मामलामा लाभ मिल्नेछ भने नयाँ कार्य थालनीको लागि लगानीको जोहो हुन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सूर्यको राशि परिवर्तनसँगै प्रेम सम्बन्ध तथा दाम्पत्य जीवनमा समस्या पैदा होला। शत्रु हावी हुन सक्छन्। नगरेको गल्तिका कारण पनि लज्जित हुन पर्नेछ। यधपी आर्थिक रुपमा भने सूर्यको राशि परिवर्तन लाभप्रद रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सूर्यको राशि परिवर्तन कुम्भ राशि हुनेहरुको लागि खासै राम्रो हुने देखिंदैन। गरेको लगानी डुब्न सक्ला। सकेसम्म आर्थिक लेन-देन नगरेकै राम्रो हुन सक्छ। प्रेम जीवनमा पनि समस्या पैदा हुनेछ। स्वास्थ्यमा पनि समस्या रहन सक्ने हुँदा खान-पानआ ध्यान दिनु होला।

मीन – दु, थ,ञ, दे, दो, च, चि (Pisces)

सूर्यको राशि परिवर्तन पराक्रम भावमा हुने हुँदा शत्रु सहजै परिजित हुनेछन्। स्वास्थ्यमा रहेका समस्या देखि छुटकारा मिल्नेछ भने शत्रुहरु पनि पराजित हुनेछन् भने ईर्ष्या गर्नेहरु पनि सहयोगमा जुट्नेछन्। विदेशमा रहेका आफन्तजनबाट उपहार तथा शुभ समाचार प्राप्त होला।

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७१२:४२

पानले नै चम्काउन सक्छ भाग्य ? यसो गर्नुहोस् !