प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०० नाघ्यो !

काठमाडौँ – प्रदेश नं २ कोरोना भाइरस संक्रमितको संख्या १०० नाघेको छ। बिहिबार बिहान पाँच जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै प्रदेश नं २मा संक्रमितको संख्या १०० नाघेको हो।

बिहिबार बिहान सर्लाही धानकौल नगरपालिकाका एक ४५ वर्षिय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षिय पुरुष र २० वर्षिया युवती, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका १६ वर्षिय युवक र ३५ वर्षका एक पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जससँगै प्रदेश नं २मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ।

प्रदेशका ७ जिल्लामा अहिले सम्म कोरोना भाइरस संक्रमण देखा परिसकेको छ। जसमध्ये सबै भन्दा धेरै पर्सा जिल्लामा मात्रै ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै बारामा ३, धनुषामा ५, रौतहटमा ३, महोत्तरीमा ४, सर्लाहीमा २ र सप्तरीमा १ जनामा पनि कोरोनाको पुष्टि भइसकेको छ। प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन ।

अन्य प्रदेशमा कति ?

प्रदेश नं २ पछि सबै भन्दा बढी कोरोनाको पुष्टि प्रदेश ५ मा भएको छ। त्यहाँ संक्रमितको संख्या ९४ पुगिसकेको छ। प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ। यता कर्णाली प्रदेशमा भने अहिले सम्म एक जना पनि संक्रमित फेला परेका छैनन्।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७०३:२४

उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ११ पुग्यो !