स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो: नेपालमा कोरोना संक्रमित २५० नभई २४५ !

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गल्ति सच्याएको छ। बिहिबार एक सूचना सार्वजनिक गर्दै पाँच जनामा कोरोनाको पुष्टि भएको मन्त्रालयले केहि समय अगाडी मात्रै अर्को सूचना सार्वजनिक गर्दै आफ्नो त्रुटी सच्चाएको हो।

बिहिबार बिहान सर्लाही, धान्काैल नगरपालिका निवासी ४५ वर्षीय एक पुरूष तथा धनुषाकाे जनकपुर र मिथिला निवासी ४० वर्षीय पुरूष तथा २० वर्षीया महिला, महाेत्तरीकाे जलेश्वर र बलवा निवासी १६ तथा ३५ वर्षीय पुरूषमा कोरोनाको पुष्टि भएको भन्दै सूचना निकालेको थियो। तर, उक्त सूचनामा ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै मन्त्रालयले त्रुटि सच्याउँदै अर्को सूचना सार्वजनिक गरेको छ।

गलत सूचना

सूचना मार्फत मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको जानकारी गराएका छन्।

“अध्यावधिक विबरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या २४५ ने रहेको छ । पछिल्लो अध्यावधिक बिवरण अनुसार २५० भएकोमा प्राव्र्धिक कारणले पहिलेनै पुष्टी भएका ५ जनाको बिवरण पुन रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु ।”,सूचना जारी गर्दैसहप्रवक्ता डा समिरकुमार अधिकारीले भनेका छन्।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७०५:०५

कपिलवस्तुमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीलाई पनि कोरोना देखियो !