दूधको ट्यांकर चढेर काठमाडौं आएकी थिइन् संक्रमित बालिका, श्वासनलीमा पलाएको छ मासु !

काठमाडौँ – महाराजगञ‍जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमणको पुष्टि भएकी ६ वर्षीय बालिका दूध बोक्ने ट्यांकरमा काठमाडौं आएको खुलेको छ।

बालिका नियमित चेकजाँचका लागि हजुरबा र आमासँग गाउँकै सहकारीको लु १ क ३२३९ नम्बरको ट्याक्टरमा चढेर काठमाडौं आएकी थिइन्। कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ घर भएकी उनी पहिला देखि नै श्वास-प्रश्वास सम्बन्धि समस्याबाट ग्रसित रहेको र नियमित चेक जाँचको लागि काठमाडौँ आएको पाइएको छ। उनको श्वासनलीमा मासु पलाएको थियो भने यस अगाडी पनि चार पटकसम्म पलाएको मासु काटिएको थियो।

दूधको ट्यांकरबाट कलंकी सम्म आइपुगेपछि अर्को सवारीमा उनीहरु शिक्षण अस्पताल सम्म पुगेको बताइएको छ। उपचारको लागि स्थानीय तहबाटै पास बनाएर काठमाडौँ आएकी उनीमा कोरोनाको पुष्टि भएसँगै अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको न्यूरो वार्ड सिल गरिएको छ ।

वार्ड सिल गरेसँगै न्यूरो वार्डमा उपचारमा संलग्न रहेका डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमित बालिकालाई आइसोलेसनमा राखिएको र उनको उपचारमा संलग्न डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीको स्वाबको नमुना लिएर पिसिआर परीक्षण गर्न लागिएको बताएको छ ।

यस्तै बालिकामा संक्रमण देखिएपछि वाणगंगा ४ ठाकुरापुर र गजेहडा क्षेत्र पनि सिल गरिएको छ। संक्रमित बालिकाको सम्पर्कमा आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा राखिएको र कोरोना परीक्षणको तयारी गरिएको वाणगंगा वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले बताएका छन्।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७०९:२६

सीमास्तम्भ गायब: नेपाली भूमि आफ्नो भन्दै भारतीय सीमा सुरक्षा बलले देखाए दादागिरी !