जुम्ल्याहाको स्वाब रिपोर्ट आयो !

शिशुको स्वाब निकाल्दै चिकित्सक

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकी गर्भवती महिलाले जन्माएका जुम्ल्याहा दिदी बहिनी । केहिदिन अघि भारतको बलरामपुरबाट हिँडेर आएकी ती महिला तुलसीपुर उपमहानगपालिका–१३ निवासी ३५ वर्षिया अनिता यादव हुन । पहिलो पटक जन्मेको बच्चाको तौल डेढ केजी छ, भने दोस्रो पटक जन्मेका बच्चाको तौल एक केजी २५ ग्राम रहेको छ ।

वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो । यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

शिशुको स्वाब निकाल्दै चिकित्सक

जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ । तिनले आज अपराह्न आमाको दूध खाएका छन् । उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ ।

तुलसी बाल अस्पताल दाङको आइशोलेसन वार्डमा जुम्ल्याहा शिशु जन्माउनुभएका तुलसीपुर–१३ फूलबारी निवासी अनिता यादव ।

यस्तै दाङका २५ पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रतिष्ठानले आज ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्वजनिक गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको कायममुकायम कैलाश देवले बताए ।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७१३:५६

पूर्वराजा ज्ञानेन्द्रलाई पास दिन गृहद्वारा अस्विकार !