मेस्सीसँगको प्रतिष्पर्धा बारे रोनाल्डो स्पष्ट भनाई ! यसो भने…

एजेन्सी – लामो समयदेखि उच्च स्तरको प्रदर्शन गरिरहेका सुपरस्टारद्वय बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोबीच को उत्कृष्ट भन्ने बहस चल्ने गरेको छ।

पछिल्लो दशकमा एकै लिगमा रहेर प्रतिष्पर्धा रहेका यी दुई अहिले भने यी दुई भिन्न-भिन्न लिगमा छन्। क्रिस्टियानो स्पेनमा हुँदा यी दुई बीच तिब्र प्रतिष्पर्धा थियो। त्यस समयको यी दुई बीचको प्रतिष्पर्धा सायदै कसैले भुल्न सक्ला। रोनाल्डो युभेन्ट्स गए देखि यी दुई एक-अर्कालाई ‘मिस’ गरिरहेका छन्। विभिन्न अवसरहरुमा दुवैले यो कुरालाई स्वीकार पनि गर्दै आएका छन्।

हालसालै एक अन्तर्वार्तामा रोनाल्डोले मेस्सी र आफू बीच प्रतिष्पर्धा भएपनि कुनै दुष्मनी नरहेको बताएका छन्। एक खेल मिडियासँग कुराकानी गर्दै रोनाल्डोले मेस्सीसँग आफ्नो दुष्मनी नरहेको मात्र नभई आफूले रियल म्याड्रिड छाडेपछि मेस्सीलाई धेरै “मिस’ गरिरहेको बताए।

“उनको फुटबल करियर एकदम प्रशंसा योग्य छ। हामी एक दुई बीचको प्रतिष्पर्धा एकदम स्वस्थ प्रतिष्पर्धा रह्यो।”,मेस्सी बारे बोल्दै रोनाल्डोले भने।

मेस्सी आफैंले पनि रोनाल्डोले स्पेन छाड्दा असहज महसुस भएको बताउनुले पनि आफूहरु बीच स्वस्थ प्रतिष्पर्धा रहेको पुष्टि हुने रोनाल्डोको तर्क छ।

“यो एक राम्रो प्रतिस्पर्धा हो जुन फुटबलमा छ, तर यो कुनै अपवाद होइन। बास्केटबलमा माइकल जोर्डनका प्रतिद्वन्द्वी थिए, फार्मुला वनमा एर्टन सेन्ना र एलेन प्रोस्ट प्रतिद्वन्द्वी थिए। खेलकुदमा प्रतिष्पर्धा हुनु नराम्रो कुरा होइन। फरक यति हो की, प्रतिष्पर्धा स्वस्थ हुन जरुरत छ।”,अन्तर्वार्तामा उनले भनेका छन्।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७१४:४३

रोनाल्डो र लिओनेल मेस्सीभन्दा आफू उत्कृष्ट रहेको यी खेलाडीले गरे दावी !