काठमाडौँ – झापाबाट काठमाडौं आउन पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले सवारी पास नपाउने भएका छन्।
झापाबाट काठमाडौं आउन सवारी पासका लागि निवेदन दिएपनि उनले पास नपाउने भएका हुन्। गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै उनको निवेदनलाई खारेज गरेको बताइएको छ।
बताइएअनुसार, बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि प्रकृया नपुगेको भन्दै गृहले उनको सवारी पास खारेज गरेको थियो।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सवारी पास दिलाउन झापा जिल्ला प्रशासन कार्यालयले पुनः प्रयास गरेपनि गृहमन्त्रालयले प्रकृयामा कमजोरी देखाउँदै पास नदिएको बुझिएको छ।
सरकारले आज देखि लागू हुनेहरु एक जिल्लाबाट अर्को जिल्लामा जाने सम्बन्धका सम्पूर्ण सवारी पास खारेज गरिसकेको छ। अर्क जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्दा कोरोना जोखिम बढेको भन्दा सरकारले यस्तो निर्णय गरेको हो।
सरकारले अहिले मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी दिरहेको छ। तर, पूर्वराजाले काठमाडौँ जानको लागि निवेदन दिए पनि यी दुवै कारण नदेखिएको हुँदा उनकोए निवेदन दुवै पटक खारेज भएको हो।