चीनलाई लिएर ट्रम्पले दिए अहिले सम्मकै ठूलो धम्की !

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको सम्पूर्ण सम्बन्ध तोड्ने धम्की दिएका छन् । कोरोना महामारीका लागि चीनको पुनः आलोचना गर्दै ट्रम्पले उससँगको सम्पूर्ण सम्बन्ध तोड्ने धम्की दिएका हुन्।

चीनले कोरोना भाइरस महामारीलाई लिएर जानकारी लुकाएको आरोप लगाउँदै आएका ट्रम्पले फक्स बिजेनससँगको कुराकानीका क्रममा भने आफूहरुले धेरै कुरा गर्न सक्ने बताए।

“हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं । यदि यस्तै भए के होला ? यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५ सय अर्ब डलर बचाउनुहुनेछ ।”,उनले भने। चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ कुरालाई इंकित गर्दै उनले ५ सय अर्ब डलर बच्ने दावी गरे।

कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले चीन माथि विभिन्न आरोप लगाउँदै आएका छन्। पछिल्लो समय देखि उनी चीनले क्षतीपूर्ती दिनुपर्ने भन्दै दबाब बनाइरहेका छन्।

ट्रम्पले अनेक आरोप लगाउँदै गर्दा चीनले पनि अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ ।

मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे ।
अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उनले बताए ।

दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाए ।

उनले भने, “आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।”

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७०३:२२

सप्तरीका सङ्क्रमित युवकका परिवारको स्वाब परीक्षणको रिपोर्ट आयो !