कोरोना लागेको दुबईका नेपाली युवकको रोदन -“उपचार पाइनँ, मलाई बचाइदिनुस्”

सांकेतिक तस्विर

काठमाडौँ – चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण अधिकांश देश आक्रान्त छन्। जसकारण रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीहरु कोरोना संक्रमणबाट पिडित बन्न पुगेका छन्।

कोरोना भाइरसकै कारण वैदेशिक रोजगारीका लागि विदेश गएका धेरै नेपालीहरुले रोजगारी गुमाएका छन् भने केहिले यस भाइरसका कारण ज्यान समेत गुमाउनुपरेको छ।

यसै बीच दुबईमा कोरोनाभाइरसबाट संक्रमित भएका नेपाली युवाले आफुलाई उपचारको व्यवस्था गरेर बचाउन बिलौना गरेका छन्। पत्रकार ऋषि धमलासँग टेलिफोन मार्फत कुरा गर्दै उनले आफूलाई बचाइदिन आग्रह गरेका हुन्। कोरोना संक्रमण पश्चात आफूले उपचार नपाएको उनको बिलौना छ।

ती नेपाली युवाका अनुसार कोरोनाका कारण उनलाई स्वास फेर्न गाह्रो भइरहेको छ। जोरो आएको, छाती दुखेको, घाटी सुख्खा भएको कारण उनी धेरै पिडामा छन्।

“कोरोना लागेको छ,अस्पताल लगिएको छैन, उपचार भएको छैन, मलाई नेपाल लगे म बाँच्ने थिए, यहाँ मलाई कसैले केही गरेको छैन् ।”,अन्तरवार्ताकै क्रममा रुदै उनले भनेका छन्,”घर जान खोजेको एक महिना १५ दिन भयो, कोरोना लागेको रैछ, कसरी लाग्यो थाहा भएन, यहाँ मलाई धेरै पिडा भइरहेको छ। मलाई की नेपाल लैजानु की यही अस्पतालमा उचारको व्यवस्था गरिदिनु, नत्र म मर्छु” बताइएअनुसार, उनको स्थायी घर सिराहको मिर्चैया हो।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७०४:२१

ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु !