काठमाडौँ – कोरोना संक्रमण पुष्टि भएका संक्रमित अस्पतालबाट भाग्न थालेपछि पर्सामा सुरक्षाकर्मीलाई विशेष अनुमति दिइएको छ।
संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने संक्रमितहरुलाई गो-ली सम्म हान्न सक्ने अनुमति दिने निर्णय गरेको हो।
यस विशेष अनुमति पश्चात अब कोरोना संक्रमण पश्चात उपचारकै क्रममा अस्पतालबाट भाग्ने जो-कोहि संक्रमितलाई सुरक्षाकर्मीहरूले गो-ली हान्न सक्नेछन्।
बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत दुई संक्रमित भागेका थिए। अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका उनीहरुलाई खोज्न प्रहरीले ठूलै दुख गर्नुपरेको थियो।
जसलाई मध्यनजर गर्दै संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई विशेष अनुमति दिने निर्णय गरेको हो। कोरोना संक्रमितलाई नियन्त्रणमा लिन बल प्रयोग गर्न र आवश्यक परेको खण्डमा गो-ली चलाउन पनि पाउनेछन्।