काठमाडौँ – प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हिं-सात्म-क भिडियो बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हिं-सात्म-क भिडियो बनाई सामाजिक संजालमा अपलोड गरेका एकलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीका एक २३ वर्षीय मधु पौडेल रहेका छन्। उनलाई राजधानीबाट खटिएको प्रहरीको विशेष टोलीले सिन्धुलीबाट बिहिबार पक्राउ गरेको हो।
करिब एक साताको प्रयास पछि उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। सिन्धुली स्थित मामाघर पुगेको समयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकार तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को काम-कार्वाही प्रति असन्तुष्ट रहेका उनले धा-रिलो खु-कुरी बोकेका प्रचण्डले प्रधानमन्त्री ओलीको गर्धनमा प्र-हार गरेको काल्पनिक एनिमेटेड भिडियो बनाएको बताइएको छ।
उनले बनाएको भिडियो सामान्यता कसैले हर्न सक्ने किसिमको छैन। देश-विदेशमा रहने नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत शेयर गर्न थालेको उक्त भिडियो बारे प्रहरीले करिब एक हप्ता अनुसन्धान गरेको थियो। जसपश्चात उक्त भिडियो मधु पौडेलबाट शुरु भएको थाहा हुन आएसँगै उनलाई नियन्त्रणमा लिइएको हो।
साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएका उनलाई विशिष्ट व्यक्तिको मान मर्धन हुने क्रियाकलापमा संलग्न भएको अभियोगमा मुद्दा चलाउने तयारी गरिएको बताइएको छ। यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।