लकडाउन १ देखि २ हप्ता सम्म थप्ने सरकारको तयारी !

काठमाडौँ – सरकारले लकडाउनलाई जेठ ५ गते पछि पनि निरन्तरता दिने तयारी गरेको छ। काठमाडौँ उपत्यका सहित तराईका विभिन्न स्थानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप्ने तयारी गरेको हो। लकडाउनलाई १ देखि २ हप्ता सम्म हप्ता बढाउने सरकारको तयारी रहेको बताइएको छ।

लकडाउनलाई थप गर्ने बारे शनिबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल हुनेछ। लकडाउन तथा कोरोना भाइरसको जोखिमलाई लिएर विस्तृत छलफल पश्चात समितिले लकडाउन थप्ने नथप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउनेछ।

सरकारले केहि समय अगाडी लकडाउनलाई केहि खुकुलो बनाउँदै विभिन्न क्षेत्रहरु खुला गर्ने निर्णय गरेको थियो। तर, देशमा कोरोना संक्रमितको संख्या एका-एक बढेपछि सरकारले लकडाउनलाई कडा पारिसकेको छ। केहि दिन अगाडी मात्र गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने सवारी पास रद्द गर्ने निर्णय गरेको थियो।

शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको छ। लकडाउन तथा देशमा संक्रमित बढिरहेको विषयलाई लिएर समितिले जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेको हो।

छलफलका क्रममा विज्ञहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् । यस्तै संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु नपर्ने विज्ञहरुको भनाई छ। विज्ञहरुले भएर नभेटिनुभन्दा भेटिएको राम्रो भएको बताएका थिए।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७०९:१२

भारतमा अलपत्र परेका नेपालीको सहयोगी बन्दै नेता कापडी !