भोलीदेखि काठमाडौका गल्लीमा हिँड्नेलाई पनि कार्वाही हुने ! [सूचना सहित]

काठमाडौँ – गृह मन्त्रालयले दिएको निर्देशन अनुसार काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गरिने भएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निर्णयहरु गर्दै शनिबारबाट काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गर्ने भएको हो।

शनिबार देखि काठमाडौका गल्लीमा अनावश्यक रुपमा हिँड्नेलाई पनि कारवाही गरिने भएको छ। अत्यावश्यक सेवाका बाहेक पास विनाका सवारी साधन र पैदल यात्रुलाई समेत काठमाडौं प्रवेशमा रोक लगाउने जिल्ला सुरक्षा समितिको बैठकको निर्णय छ।

बैठक पश्चात भएका निर्णयहरु बारे जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जानकारी पनि गराएको छ। जारी सूचना अनुसार शनिबारबाट काठमाडौँका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा बिभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही समेत गर्ने सक्नेछन्।

सडकमा विनापास निस्किएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । कार्यालयले यसअघि जारी गरिएका पासहरू खारेज भएको जानकारी दिएको छ ।

शुक्रबार भएका निर्णयहरु निम्न छन् –

१. एम्बुलेन्स, शव बाहन, औषधी सथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्य, ग्यास, सबै प्रकारका खाघ वस्तु, पशुपक्षीजन्य आहारा, खसी वोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रीहरु बोकेका सबारी साधनहरु सवारी पास बिना परिवहन हुने ।

२. सवारी पास बिना माथि उल्लेख भए बाहेकका सवारी साधनहरुलाई र पैदल यात्रुहरुलाई काठमाडौं प्रवेश निषेध गरिएको छ्।

३. काठमाडौँका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा बिभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाईएकोले त्यसो नगर्नु हुन अनुरोध छ । अन्यथा सुरक्षाकर्मीहरुले प्रचलित कानून बमोजिम कारवाहीका लागि नियन्त्रणमा लिन सक्ने छन्‌ ।

४. सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ-आफ्नो नियामक निकायहरुमा सम्पर्क गर्नु हुन (जस्तै:- सञ्चारकर्मीहरु तथा मिडिया हाउसहरुले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय) र नियामक निकाय नतोकिएकाको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क राख्नु हुन अनुरोध छ । यस सम्बन्धी विस्तृत जानकारीको सागि यस कार्यालयको मिति २०७७/०१/२६ को सूचना हेर्नु हुन अनुरोध छ । उक्त सूचना कार्यालयको. WEBPAGE र FACEBOOK PAGE मा उपलग्ध छ ।

५. यस कार्यालयबाट यस अघि विभिन्न मितिमा जारी गरिएका सम्पूर्ण सवारी पासहरु (e-pass र पहेलो रको समेत) खारेज गरिएको छ । आजदेखि यस कार्यालयबाट जारी हुने सवारी पास निलो रङको हुनेछ ।

६. निर्माण सामाग्री बोकेका गह्ठौ (heavy) सवारी साधनहरु वेलुकी ८:00 बजे देखि ६ :०० बजे भित्र मात्र सञ्चालन गर्ने ।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१३:३२

आगामी १० वर्षमा कृषिको उत्पादन दोब्बरले वृद्धि गर्ने सरकारको नीति