शनिदेवको प्रकोपबाट बचि जीवनमा अधिक धनलाभ गर्न आज शनिबारको दिन गर्नुहोस् यी ४ कार्य !

ज्योतिष शास्त्र अनुसार शनिदेव निकै रिसालु देवताको मान्ने गरिन्छ। हरेक व्यक्तिले शनिवारको दिन विभिन्न समस्याहरुको सामना गर्नुपर्दा शनिदेवलाई सम्झिने गर्छन। उनीहरु यी समस्याबाट छुटकारा पाउनका निम्ति शनिवारको दिन विधिवत रुपमा शनिदेवको पूजा आराधना गर्ने गर्छन।

शनिदेवलाई एक न्यायप्रेमी भगवानको रुपमा समेत मान्ने गरिन्छ। यो भन्ने गरिन्छ कि शनिदेवले कुनै पनि व्यक्तिको कर्म अनुसारको फल दिने गर्नुभएको छ। त्यसैले कुनै पनि व्यक्तिले खराब काम गरेको खण्डमा ठूलो नोक्सान बेहोर्न पर्ने र जीवनमा सफलता हँसिल गर्न नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

यसका साथै शनिवारको दिन खानेकुरामा ध्यान नदिँदा समेत शनि देव रुष्ट हुने विश्वास समेत रहेको छ। शास्त्रमा उल्ल्लेख गरिए अनुसार शनिबारको दिन माछा ,मासु तथा अन्य मंशहारी भोजन गर्दा शनि ग्रहको नकारात्मक असर पर्ने गर्छ। आज हामी तपाईहरुलाई शनिदेवको प्रकोपबाट बच्ने ५ उपायहरु बताउन जाँदै छौँ जसबाट सजिलै शनिदेवको प्रकोपबाट बच्न र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिन्छ।

१. शनिदेवको प्रकोपबाट मुक्ति पाउने सजिलो तरिका शनिबारको दिन आफ्नो घरमा आएको कौवालाई कालो जमुना खुवाउनुहोस्। यसो गर्दा शनिदेव प्रसन्न हुने र निकट भविष्यमानै ठूलो लाभ मिल्ने मान्यता रहेको छ।

२. शनिवारको दिन आफ्नो घरवरिपरि आएको कालो कुकुरलाई तोरीको तेलमा बनाइएको रोटि खुवाएर पनि शनिदेवको प्रकोप बाट बच्न सकिन्छ। यसो गर्दा शनि महाराज प्रसन्न हुने र हरेक दुख कष्टहरु नास भएर जाने गर्छ।

३. शनिदेवलाई प्रसन्न गराउनका निम्ति शनिवारको दिन वर्त बसी साँझ हनुमानजीको पुजा गर्नुपर्छ। यसरी हनुमानजीको पूजा गर्दा शनिदेवको प्रकोपबाट मुक्ति पाउन सकिन्छ।

४. शनिदेवको प्रकोपबाट मुक्ति पाउन शनिवारको दिन कालो हात्तीलाई भोजन गराउन सकिन्छ। यसो गर्दा शनिदेव अधिक रुपमा प्रसन्न हुने र आशिर्वाद मिल्ने मान्यता रहेको छ।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१४:३१

ज्योतिष नियम : हप्ताका यी दिनहरुमा भुलेर पनि नलिनुहोस् ऋण, ऋण लिन-दिन यी बार अशुभ !