मास्क लगाएर मार्निङ्ग वाक जाँदा फोक्सो फुट्यो, सर्जरी नै गर्नु पर्यो !

सांकेतिक तस्विर

एजेन्सी – चीनबाट शुरु भएर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण अहिले विश्वभरका मानिसहरुको दैनिकी परिवर्तन भएको छ। अहिले विश्वभरका मानिसहरु आफ्नो आनी-बानि देखि दैनिकी परिवर्तन गर्न बाध्य छन्।

कोरोना भाइरस संक्रमण जोखिमका कारण विभिन्न देशहरुमा सामाजिक दूरी तथा मास्क अनिवार्य गरिएको छ। घर बाहिर निस्किँदा फेस मास्क लगाउनु अहिले सामान्य जस्तै भएको छ। तर, मास्क लगाउँदा गरिएको लापरवाहीले भने स्वास्थ्य समस्या समेत पैदा हुने तर्फ सचेत रहनुपर्ने विज्ञहरुको सुझाव छ।

मास्क लगाउँदा श्वास-प्रश्वासमा केहि असहज हुने हुँदा श्वास फेर्न सहज हुने सुरक्षित मास्कको प्रयोग गर्न विज्ञहरुले सुझाव दिने गरेका छन्। चीनको एक घटनाले कुद्दा तथा घपेडी हुने कार्यमा मास्क लगाउँदा फोक्सोमा समेत असर पर्ने देखाएको छ।

घटना चीन हुवेइ स्थित वुहानको हो। त्यहाँ ९ अप्रिलमा लकडाउन खुकुलो भएपछि २६ वर्षीय झाँग पिङ्गले मार्निङ्ग वाक शुरु गरेका थिए। बिहान-बिहान केहि दिन उनले मास्क लगाएरै कुदे।

केहि दिन पश्चात उनलाई श्वास फेर्न गार्हो हुन थाल्यो। यो क्रम बढ्दै जाँदा उनी श्वासनै फेर्न नसक्ने अवस्थामा पुगे। छातीमा दुखाइ बढेपछि परिवारजनले पिङ्गलाई अस्पताल पुर्याए । जसक्रममा उनको फोक्सो ध्व-स्त भएको थाहा हुन आयो। खासमा उनको फोक्सो पन्चरनै भएको थियो। जसको उपचारको लागि उनको फोक्सोको अप्रेसन नै गर्नु पर्यो। शल्यक्रियापछि अहिले पिङ्गको स्वास्थ्यमा सुधार भइरहेको छ ।

वुहानका वरिष्ठ चिकित्सक डा. चेन बाजुनका अनुसार मास्कले पिङ्गको फोक्सोलाई अक्सिजन प्रवाह गर्न गार्हो पारेको थियो। जसले उनको फोक्सोलाई फु-टाएको थियो।

मास्क लगाएर कडा परिश्रम गर्न नहुने डा. चेन सुझाव दिन्छन्। फोक्सोमा पहिलाबाट समस्या भएका मानिसहरूले व्यायामको बेला मास्कको प्रयोग गर्दा सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१६:०२

“कोरोना निको भएपनि किड्नी, फोक्सो देखि मुटु सम्मका समस्या”