चीनमा थप १५ जना कोरोना संक्रमित भेटिए !

बेइजिङ – चीनमा पछिल्लो समय कोरोनाभाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ । अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ ।

चीनको जिलिन सहरमा यसअघि देखि नै कडाई रुपमा लकडाउन लागु गरिएको छ । यसअघि वुहानमा गत हप्ता छ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण फैलिन क्रम नियन्त्रण भएको भनिए पनि फेरी थपिन थालेका हुन् ।

कोरियामा निको भइन् १०४ वर्षीया कोरोना संक्रमित

दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् ।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो । स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उनी ठीक दिइन्।

चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उनको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो । डिस्चार्जका समयमा पुष्पगुच्छासहित उनलाई सम्मान गरिएको थियो । उनले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिइन्।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१७:०३

तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी, काठमाडौँमै रहेको खुलासा !