काठमाडौँ – आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रति प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले कडा कटाक्ष गरेका छन्।
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नेता थापाले विभिन्न विषयहरुलाई लिएर सामाजिक संजाल मार्फत कटाक्ष गरेका हुन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कोरोनाले नेपालमा खासै प्रभाव परेको रहेनछ भन्ने सन्देश दिएको थापाको कटाक्ष छ। कोरोना संक्रमणका वावजुत पनि यो वर्ष चमत्कार हुने किसिमले नीति तथा कार्यक्रम प्रस्तुत भएको थापाको बुझाई छ।
“नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ।कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ।ढुकुटी पनि दह्रै रहेछ।साधनस्रोत प्रशस्तै रहेछ।ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ।देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ।सरकार त पाएकै हो।धन्यवाद मेरो सरकार!”,सामाजिक संजालमा थापाले लेखेका छन्।
नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ।कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ।ढुकुटी पनि दह्रै रहेछ।साधनस्रोत प्रशस्तै रहेछ।ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ।देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ।सरकार त पाएकै हो।धन्यवाद मेरो सरकार!
— Gagan Thapa (@thapagk) May 15, 2020