मृतक सुत्केरीका परिवारको स्वाब संकलन गरियो, पीसीआर परीक्षण हुँदै !

काठमाडौँ – कोरोनाका संक्रमणका कारण मृत्यु भएको आशंका गरिएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाका परिवारको स्वाब संकलन गरिएको छ।  शनिबार मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको हो।

धुलिखेल अस्पताल तस्विर: सौगात सिंग

स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार मृतक श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिसकिएको छ भने पीसीआर प्रविधिबाट कोरोना परिक्षणको तयारी गरिएको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया महिला वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएकी थिइन्।

धुलिखेल अस्पताल तस्विर: सौगात सिंग

डिस्चार्ज भएर घर पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायतका समस्या देखिएपछि पुनः उनलाई धुलिखेल अस्पतालमा ल्याइएको थियो। जहाँ उपचार गर्दा-गर्दै उनको मृत्यु भएको थियो ।

आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ देखिएपश्चात धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षण पनि पोजेटिभ आएको थियो। यधपी यस बारे स्वास्थ्य मन्त्रालयले पुष्टि भने गरिसकेको छैन। मृत महिलाको कोरोनाको कारण ज्यान गएको हो कि होइन भन्ने पुष्टि गर्नको लागि टेकु स्थित प्रयोगशालामा परिक्षण हुँदैछ।

धुलिखेल अस्पताल तस्विर: सौगात सिंग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुत्केरी महिलाको मृत्यु बारे अनुसन्धान शुरु गरिसकेको छ भने अहिले धुलिखेल अस्पताल तथा आसपासका क्षेत्रमा उच्चा सतर्कता अपनाइएको छ।

प्रकाशित : शनिबार, जेठ ०३, २०७७१२:२२

कपिलवस्तु रेड जोनमाः पाँच हजार क्वारेन्टिनमा !